काठमाडौं, फागुन २४ । सोमबार सुनचाँदीको मुल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा एक सयले बढेर ८६ हजार २ सयमा कारोबार भइरहेको छ।
यसअघि आइतबार छापावाला सुन तोलाको ८६ हजार १ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ८५ हजार ७५० रहेको छ।त्यसैगरी आज चाँदी भने तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























