फागुन २२ । बलिउडकी चर्चित अभिनेत्री जान्हवी कपूरले विवाह गर्ने तयारी गरेकी छन्। यद्यपी उनले विवाह कहिले गर्नेभन्ने बारे भने खुलाएकी छैन। हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो वेडिङ प्लान समेत शेयर गरेकी छन्।
अन्तर्वाताका क्रममा उनले भनेकी छन्, म चाहन्छु कि विवाह असल र खास व्यक्तिसँग हुनुपर्छ।’ उनले बताएकी छन्,‘मेरो विवाह निकै नै पारम्परिक किसिमको हुन्छ। र तिरुपतिमा हुन्छ। म सुन, जरीवाला साडी लगाउँछु, मेरो पति लुंगी पहिरिन्छन्।’ एजेन्सी
Facebook Comments


























