शरीरमा सफेद कोट, घाँटीमा स्टेथ, घुम्ने चेयरमा बसेका डाक्टर अंकल, बालखैको एक दिन आमाले अस्पताल लिएर जाँदा देखिएका उनको जीवन साह्रै लोभलाग्दो लागेको हो। एक झमट सोचेको पनि हुँ- यस्तो खत्रा मान्छे कसरी बनिन्छ होला? बाल्यकालको कुनै बिन्दुमा यसरी नै प्रभावित भएर सायद अरुलाई पनि डाक्टर बन्ने रहर पलाउँछ होला। कहिलेकाहीँ घर, परिवार या नजिकका मान्छे कुनै रोगव्याधीले बित्नुभएको बेला नसोचिने होइन कि म डाक्टर भएको भए उहाँलाई बचाउन सक्थें। मानवीय गुण पनि होला यो। अब प्रश्न उठ्छ- चिकित्सा विज्ञानको सत्यतथ्य र सीमाबारे हेक्का नराखी यसै आफूलाई उक्त स्थानमा राखेर किन हेरिहाल्छौं हामी?
एसईईमा विशिष्ट अङ्क ल्याएपछी डाक्टरी विद्यामा छिर्न सबैलाई आफ्नो इच्छा मात्रै उत्प्रेरक बन्दैन, परिवारको इज्जत, बाध्यता, पुस्तैनी पेसा, जीवनशैली अन्य सामाजिक, आर्थिक कारण पनि जोडिएर आउँछन् । प्रत्यक्ष मानव जीवन र मानवताकै लागि काम गर्छु भनेर लाग्ने पनि उत्तिकै हुन्छन् । आखिर जे-जस्तो पारिवारिक, आर्थिक र मनोसामाजिक पृष्ठभूमिबाट आएको भएपनि मेडिकल कलेजभित्र छिरेपछी उसको एउटै उद्देश्य हुन्छ- सक्षम डाक्टर भएर निस्किने। यता घर, परिवार र छिमेकीहरुले भने डाक्टरी पढ्न थालेको दुई वर्ष नपुग्दै प्रश्न गर्न थाल्छन्- पढाइ सकिन अब कति बाँकी छ? अनि के को डाक्टर हो तिमी?
दसैं बिदामा घर पुगेर पसिना ओभाउन नपाउँदै छिमेकी हिरामणि ठूलाबा आइपुग्छन् र टाउकोदेखि खुट्टासम्मका अनेक लक्षण बताउँछन्। औषधि लेखिदिन भन्छन्। शकुन्तला काकीलाई बेलाबेला पाठेघरको समस्याले रनाहा छुटाउँछ। उपचारका लागि सहरसम्म पुग्न नसक्ने उनलाई लाग्छ कि नानी घरमै आएको बेला सबै सोधुम् र छिट्टै निको होऊँ। भर्खर टाउको र खुट्टाका विभिन्न पाटपुर्जाबारे पढ्न सुरु गरेको मलाई के भनुम्-भनुम् हुन्छ। उच्च रक्तचाप नापिदिएर, नाडी छामिदिएर, खाना, आराम र नियमित व्यायाम गरिरहनुहोला है भन्दै छिमेकभरका बाआमालाई सम्झाउनुको विकल्प रहँदैन ।
अभाव, तनाव, भोक, अनिद्रा, झन्झट, कौतुहलता, कहिलेकाहीँ रमाइलो पनि, यस्तै-यस्तै रस्साकस्कीका बीच ६ वर्ष बित्छन् र बन्छ एक एमबीबीएस डाक्टर। मेडिकल काउन्सिलमा दर्ता भएको दिन त उसले (हामीले) ठूलै युद्ध जितेजस्तै गरी उत्सव मनाउँछ। वास्तवमा त्यो उत्सव नै त हो। जहाँ उसको अहोरात्र मिहिनेत र परिवार, समाज, कलेज र देशको साथ, सहयोग र अपेक्षा जोडिएको हुन्छ।
छोरीको पढाइका लागि कलेजलाई लगातार पैसा बुझाइरहेका बाआमालाई लाग्दो हो- ‘यत्रो पैसा खन्याइएको छ, सबै उठ्ने हो कि हैन? बालुवामा पानीजस्तै सुकिपो जाने हो कि?’ खेत बन्धकी राखेर, बचत गरेको पेन्सनबाट अनि ऋण काढेर छोराछोरीलाई डाक्टर पढाइरहेका बाआमाका आ-आफ्नै इच्छा र चाहना होलान्। बाआमाको अपेक्षाअनुसार सफल भइने हो-होइन भन्दै यता छोराछोरीलाई पनि ऐठन भइरहन्छ।
अभाव, तनाव, भोक, अनिद्रा, झन्झट, कौतुहलता, कहिलेकाहीँ रमाइलो पनि, यस्तै-यस्तै रस्साकस्कीका बीच ६ वर्ष बित्छन् र बन्छ एक एमबीबीएस डाक्टर। मेडिकल काउन्सिलमा दर्ता भएको दिन त उसले (हामीले) ठूलै युद्ध जितेजस्तै गरी उत्सव मनाउँछ। वास्तवमा त्यो उत्सव नै त हो। जहाँ उसको अहोरात्र मिहिनेत र परिवार, समाज, कलेज र देशको साथ, सहयोग र अपेक्षा जोडिएको हुन्छ। जीवनको उर्जाशील समय खर्चेर आर्जन गरेको ज्ञान र क्षमताको कारण स्वतन्त्र रुपमा चिकित्सा अभ्यास गर्न सक्षम भएको हुन्छ ऊ।
लाइसेन्स प्राप्त गर्नुअघिसम्म हामीमाथि ठूला जिम्मेवारी खासै हुँदैनन्। सिनियरको निगरानीमा रहने हामी स-साना कामहरु सिक्न नै उद्दत हुन्छौं। बिरामी र भिजिटरको नजरमा ‘सिकारु डाक्टर’ भनेर चिनिन्छौं । दिनभरी डिस्चार्ज, ड्रेसिङ हिस्ट्री लेख्ने काम गर्दागर्दै ड्युटी सकिन्छ। त्यतिबेलासम्म साथी, शिक्षक र मेडिकल कलेज नै हाम्रो संसार हुन्छ। इन्टर्नसिप सकाएपछि पालो मेडिकल अफिसरको। सरकारी छात्रवृत्तिमा पढेको भए दुईवर्षे करारमा सरकारी अस्पताल या प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा गर्नुपर्छ। आफ्नै खर्चमा पढेको हो भने मन लागेको ठाउँमा गई काम गर्न सकिन्छ।
बिरामीको अत्यधिक चाप, थोरै समयमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता, त्यो पनि सीमित स्रोतसाधन र जनशक्तिबाट। अनि आफूले चाहेको जस्तो सुविधा चाहेकै समयमा नपाउँदा बिरामी र आफन्तको तर्फबाट आउने आक्रोस, गालीगलौज । न खाना समयमा खाने फुर्सद, न सुत्ने, तैपनि सबैतिरको आक्रोशको डम्पिङ साइट हामी डाक्टर।
नयाँ दिन, नयाँ ठाउँ, नयाँ मान्छेहरुसँग, नयाँ वातवरणमा नयाँ जोश र उर्जा, जति उत्सुकता डाक्टरलाई हुन्छ, नयाँ डाक्टर आएका छन् रे भन्दै अस्पतालमा अलिअली चर्चा पनि हुन्छ। हाम्रो पढाइ, अनुभव आदिबारे सोधीखोजी पनि अवश्य हुन्छ। यहाँ अधिकांश सरकारी स्वास्थ्य संस्थाहरुको अवस्था सुदृढ छैन जुन हाम्रो अपेक्षामा छ। आवश्यक स्रोतसाधन नहुँदा चाहेर पनि बिरामीलाई पर्याप्त सेवासुविधा आफ्नै ठाउँमा दिन सक्दैनौं । सेवा थालेको केही दिन या केही साताभित्रै हामी निराश हुन पुग्छौ।
बिरामीको अत्यधिक चाप, थोरै समयमा धेरै बिरामी हेर्नुपर्ने बाध्यता, त्यो पनि सीमित स्रोतसाधन र जनशक्तिबाट। अनि आफूले चाहेको जस्तो सुविधा चाहेकै समयमा नपाउँदा बिरामी र आफन्तको तर्फबाट आउने आक्रोस, गालीगलौज । न खाना समयमा खाने फुर्सद, न सुत्ने, तैपनि सबैतिरको आक्रोशको डम्पिङ साइट बन्नुपर्छ डाक्टर।
आकस्मिक कक्षमा एउटा डाक्टर हुन्छ, जुन हृदयघात भएको बिरामीको इसीजी रिपोर्ट हेर्दै उपचार गर्दै हुन्छ। त्यहीबेला विष सेवन गरेको अचेत बिरामीलाई ल्याइन्छ। अर्को कुनामा किलाले घोचेर आएको व्यक्ति, फलानो डाक्टरले टीटीको सुई चाँडो लगाइदिएन भनेर आक्रोस पोख्छ। बिरामी या कुरुवाका लागि सानोभन्दा सानो समस्या पनि इमर्जेन्सी हुन सक्छ तर डाक्टरको इमर्जेन्सी ठीक दुरुस्तै हुँदैन। कुन बिरामीलाई तुरुन्तै नहेरे ज्यान जान सक्छ भन्ने कुरा सेवा लिन लाइनमा बसेका अरु बिरामी या आफन्तलाई पक्कै थाहा हुन्न। संवेदनशीलता हेरी सेवा दिइरहँदा पनि पटक-पटक आक्रोशित भीडको सिकार बन्नुपरेको छ डाक्टर। शारीरिक तथा मानसिक चोट सहिरनु परेको छ । यो आजको वास्तविकता हो।
कहीं कतै कुनै डाक्टरले जानी-जानी बिरामीलाई हानी गर्दै गर्दैन, यो साश्वत सत्य हो। बिरामीको चाप, समय व्यवस्थापन, स्रोतसाधनको कमीलगायत अलग पाटा हुन् जसमा अस्पताल प्रशासन र सरोकारवाला बढी जिम्मेवार हुन्छन् न कि अघि देखिने डाक्टर। त्यसैले जुन पाटोमा कमजोरी छ त्यही पाटोलाई समात्ने गरौं, सबै अपजश डाक्टरको टाउकोमा थोपरिदिएर तनाव दिने नगरौं। बरु बुझ्ने कोसिस गरौं- अस्पताल जन्मस्थल र मृत्युस्थल दुवै हो।
चिकित्सा विज्ञानका आफ्नै सीमाहरु हुन्छन्, जसले गर्दा सबैको रोग निको हुन्छ या सबै बिरामी बाँच्छन् नै भन्ने हुँदैन। डाक्टरसँग कुनै जादुको छडी पनि हुँदैन जसले सबै बिरामीलाई पुनर्जीवन दिनसकोस् । आफ्नो विवेक, क्षमता र उपलब्ध स्रोतसाधनले भ्याएसम्म इमानदार प्रयास गर्ने मात्रै हो। कहीं कतै कुनै डाक्टरले जानी-जानी बिरामीलाई हानी गर्दै गर्दैन, यो साश्वत सत्य हो। बिरामीको चाप, समय व्यवस्थापन, स्रोतसाधनको कमीलगायत पाटा पनि छन्, जसमा अस्पताल प्रशासन र सरोकारवाला बढी जिम्मेवार हुन्छन् न कि अघि देखिने डाक्टर। त्यसैले जुन पाटोमा कमजोरी छ त्यही पाटोलाई समात्ने गरौं, सबै डाक्टरको टाउकोमा थोपरिदिएर तनाव दिने नगरौं। बरु बुझ्ने कोसिस गरौं- अस्पताल जन्मस्थल र मृत्युस्थल दुवै हो, सबै मृत्यु डाक्टरको कमजोरीले मात्रै हुँदैनन्।
उता घर, परिवार र आफन्तहरुको भ्रम छुट्टै हुन्छ। छोरा/छोरी डाक्टर छन्, काम गर्न कमाउन थाले, अब पैसा पठाउने बेला भयो । ५ वर्षदेखि बैकको किस्ता एक्लै तिर्दै आएका बाआमाले यो पालिको किस्ता तिर्न डाक्टर भएका छोरा/छोरीले पैसा पठाउँछन् भनेर आश राख्नु स्वभाविक हो तर छोरा/छोरीको हालत त अर्कै हुन्छ। बाआमाको फोन आउँछ- ‘बाबु/नानी खाना खाइस्, कस्तो छ तलाईं?’ त्यतिबेला आफ्नै मन बाँधेर झुट बोल्नुको विकल्प रहँदैन। सबै ठीक छ भन्दै हाँसेर बोल्छौं। डाक्टर छोरा/छोरी हाँस्ने, बोल्ने र खुसी हुने सायद उही परिवारको फोन आउँदा मात्रै त हो। बाहिर अरुले देख्दा अहो! फलानोको छोरा/छोरीले त पैसा ‘छापिरहेका’ छन् भन्ने लाग्छ तर मेडिकल अफिसरको ४० हजार रुपैयाँ तलब खान, बस्न र पकेट खर्चमै ठीक्क हुन्छ। कहिलेकाहीं त्यतिले नपुगेर साथीहरुसँग सापट माग्नुपर्ने बाध्यता पर्छ।
कुनै दिन भारत, सिंगापुर, बेलायत, बैंकक वा अमेरिका उपचार गराउन जाने हाम्रा माननीयहरुले नेपाली डाक्टर नै भेट्नेछन। त्यतिबेला सायद उनीहरुलाई पक्कै लाग्नेछ- यी दक्ष डाक्टरहरुलाई स्वदेशमै टिकाउन सकेको भए!
हरेक दिन यसरी नै जसोतसो चल्नुपर्छ। आफैं मानसिक बिरामीजस्तो भएर काम गर्नुपर्छ। बिरामीलाई बचाउन सकियो भने ठूलै युद्ध जितेजस्तो लाग्छ। सकिएन भने रातभरी निन्द्रा लाग्दैन। हरेक डाक्टरलाई आफ्नो बिरामीको चिन्ता हुन्छ नै, त्यो शब्दमा भने पनि नभने पनि। प्रयास गर्दागर्दै बचाउन नसक्दा डाक्टरकै लापरबाही भन्ने आरोप लाग्दाचाहिँ कस्तो पेशा रोजेछु, कस्तो दिनमा डाक्टर भएछु भन्ने महसुस हुन्छ। हरेक डाक्टरले जीवनको कुनै न कुनै कालखण्डमा यस्ताे कुरा पक्कै भोग्छ, सोच्छ।
तपाईं केको डाक्टर भनेर प्रश्न आउँदा सधैं म मान्छेको डाक्टर भनेर जवाफ दिइरहन सहज हुन्न। एउटै मेडिकल अफिसरको भरमा चलिरहेको अस्पतालमा बिरामी नै विशेषज्ञ (स्पेसलिस्ट) खोज्दै आउँदा झन् सास्ती थपिन्छ। अझ पछिल्लो समय त युट्युब र गुगल सर्च गरेर आउने बिरामीको भ्रम र अल्पज्ञानलाई मेटाउन कम्ता सकस पर्दैन । विज्ञान र प्रविधिको सहजतासँगै बिरामी र उनका आफन्तजस्तै डाक्टरले पनि आफूलाई बदलिरहनु पर्छ। जसका लागि अध्ययन, अनुसन्धान, खोज र अनुभवको खाँचो पर्छ।
पीजी अध्ययनका लागि न भनेजस्तो विषय पाइन्छ, न कलेज। विश्वविद्यालय, सिट, आफ्नो आर्थिक अवस्थालगायत कारणले आफूलाई मन लागेको विषय पढ्न सधैं जुर्दैन। त्यसमाथि फेरि २५/३० लाखको बोझ। त्यसका लागि न घरमा भन्न सकिन्छ न मेडिकल अफिसर हुँदा बचत नै गर्न सकिएको हुन्छ। बैंकबाट ऋण लिएर दिनमा १८ घन्टासम्मको खटाइ। सिनियरको गाली र पेलान। एउटै लुगा ३ दिनसम्म लगायो, काममा घोटियो, कहिले चाउचाउ र बिस्कुटको भर त कहिले फ्रुटी चुस्दै रगतमा सुगरको मात्रा सन्तुलन गर्नुपर्ने बाध्यता। फेरि राउन्डमा प्रोफेसरको उही गाली, टर्चर र ह्युमिलेसन, तैपनि सहनु त छँदै छ। भोक, अनिद्रा र प्यासमै ३ वर्षमा पीजी सकिन्छ र विशेषज्ञ भइन्छ। त्यो दिन फेरि अर्को युद्ध जितियो भनेर उत्सवको माहोल बन्छ। त्यसपछि बल्ल सुरु हुन्छ ‘असली’ करियर।
डाक्टरहरुलाई सुरक्षित र आत्मसम्मानसहित निर्धक्क भएर काम गर्ने वातावरण मिलोस्। पेशा र काम नै कुनै प्रकारको मानसिक तनाव र डिप्रेसनको स्रोत नबनोस्।
कता जाने र कहाँ काम गर्ने भन्ने प्रश्नले यतिबेला पनि खुब लखेट्छ। सरकारी अस्पताल जाऊँ, सेवासुविधा न्यून हुन्छ। महिनाभरिको तलबले आफ्ना सामान्य आवश्यकता पूरा गर्न पनि पुग्दैन। निजी अस्पताल जाऊँ दैनिकी नै चाकडीमय बन्छ। जुन दिनसम्म हाकिमलाई खुसी पार्न सकियो त्यो दिनसम्म जागिर रहन्छ। यस्तो अवस्थामा जहाँ काम गरे पनि हरेक पटक बिरामीको मृत्यु हुँदा डाक्टरलाई लाग्ने आरोप त छँदै छ, त्यसमाथि न शरीर सुरक्षित छ न मन। न घरपरिवारलाई सन्तोष न आफ्नो व्यक्तिगत जीवन नै हुन्छ।
यस्तै अन्योल, असुरक्षित, दण्डहीन वातावरण, फितलो व्यवस्थापन र कमजोर नितिनियमकै कारण काम गर्ने उचित वातावरण नभएरै धेरै दक्ष डाक्टरहरु विदेशिन बाध्य छन्। यो राज्यको लागि ठूलो घाटा हो। कुनै दिन भारत, सिंगापुर, बेलायत, बैंकक वा अमेरिका उपचार गराउन जाने हाम्रा माननीयहरुले नेपाली डाक्टर नै भेट्नेछन। त्यतिबेला सायद उनीहरुलाई पक्कै लाग्नेछ- यी दक्ष डाक्टरहरुलाई स्वदेशमै टिकाउन सकेको भए!
अन्तमा,
डाक्टरहरुलाई सुरक्षित र आत्मसम्मानसहित निर्धक्क भएर काम गर्ने वातावरण मिलोस्। पेशा र काम नै कुनै प्रकारको मानसिक तनाव र डिप्रेसनको स्रोत नबनोस्।
(डा. पन्त हेटौंडा अस्पतालमा कार्यरत छिन्।)












![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)












One Comment
Pingback: सबै मृत्यु डाक्टरको कमजोरीले मात्र हुँदैनन् | सही खबर