चितवन, फागुन २१ । ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका प्रमुख (डिएसपी) इन्द्र बहादुर रानाले स्थानीयलाई शान्ति सुरक्षा दिन र अपराधिक गतिविधिलाई नियन्त्रण गर्न आफु पछि नहट्ने बताएका छन्।
मकवानपुरबाट ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा सुरुवा भएर आएका डिएसपी रानाले आज पत्रकारहरुसंँगको परिचयात्मक कार्यक्रममा बोल्दै अपराधिक गतिविधिलाई बढावा दिने कसैलाई पनि नछाड्ने बताएका हुन्। उनले शान्तिसुरक्षा, लागू औषध नियन्त्रण साथै, अपराधीक गतिविधिलाई नियन्त्रण गर्न जहिले पनि अग्रसर हुने बताए। रत्ननगरको जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन तल्लिन रहने समेत बताए।
‘कानुनभन्दा माथि कोही छैन दोषी र अपराधिक क्रियाकलापमा संलग्न जोसुकैलाई पनि छाडिदैन उनले भने’।
उनले कानुन हातमा लिने र अबैध गतिविधि गर्ने जोकोहीलाई कानुन अनुसार कार्वाही गर्ने चेतावनी दिए। उनले आफ्ना कुनै पनि प्रहरीले अबैध गतिविधी गरेको थाहा पाए तत्काल आफुलाई जानकारी गराउन समेत आग्रह गरे।


























