काठमाडौं, फागुन २१ । तीन साताबाट बन्द रहेको नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजबाट सञ्चालनमा आएको छ। ल्होसारका कारण माघ २९ गतेदेखि बन्द भएको नाका आजबाट खुलेको हो।
रसुवा भन्सार कार्यालयका अनुसार नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै छ। नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरूले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए। भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो।
Facebook Comments


























