फागुन २१ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले वेस्ट ब्रुमलाई पराजित गरेको छ। बिहीबार राति भएको खेलमा एभर्टनले वेस्ट ब्रुमलाई १-० गोल अन्तरले पराजित गरेको हो।
वेस्ट ब्रुमको मैदानमा एभर्टनलाई जित दिलाउन रिचार्लिसनले निर्णायक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६५ औं मिनेटमा रिचार्लिसनले गोल गरेका हुन्। यस जितसँगै एभर्टनले २६ खेलमा ४६ अंक जोडेको छ। एभर्टन लिगको पाँचौं स्थानमा रहेको छ।
वेस्ट ब्रुम १२ अंक जोडेर रेलिगेसन क्षेत्रमा रहेको छ। प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा टोटेनहमले फुलहमलाई १-० ले हराएको छ। टोटेनहमको जितमा फुलहमका टोसीनले १९ औं मिनेटमा आत्मघाती गोल गरे।
जितसँगै टोटेनहमले २६ खेलमा ४२ अंक जोडेको छ। टोटेनहम आठौं स्थानमा रहेको छ। फुलहम २३ अंक जोडेर १८ औं स्थानमा रहेको छ। एजेन्सी
Facebook Comments














![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)











