फागुन २० । इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा उपाधि होडमा रहेको एसी मिलान बराबरीमा रोकिएको छ। घरेलु मैदानमा भएको खेलमा एसी मिलान युडिनेससँग १–१ को बराबरीमा रोकिएको हो।
भ्रमण टोली युडिनेशका लागि ६८ औँ मिनेटमा नास्किमिएन्तो फ्रान्काले गोल गरेर सुरुवाति अग्रता दिलाए। एसी मिलानका लागि इन्जुरी समयको सातौँ अर्थात ९७ औँ मिनेटमा केसिएले बराबरी गोल गरेका हुन्।
बराबरीपछि दोस्रो स्थानको एसी मिलानको २५ खेलबाट ५३ अंक भएको छ। शीर्ष स्थानको इन्टर मिलानको २४ खेलबाट ५६ अंक छ। बुधबार राति भएका अरु खेलमा एट्लान्टाले क्रोतोनेलाई ५–१, हेलास भेरोनाले वेनेवेन्तोलाई ३–०, काग्लिएरीले बोलोग्नालाई १–० र रोमाले फियोरेन्टिनालाई २–१ ले पराजित गरेको हो। यस्तै जेनोआ र साम्पाडोरियाले १–१ तथा सासुओलो र नापोलीले ३–३ को बराबरी खेलेका छन्। एजेन्सी
Facebook Comments


























