काठमाडौं, फागुन १९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हटाउने निर्णय गरेको छ।
आज बसेको केन्द्रीय कमिटी बैठकले नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले बताए। यस्तै, बैठकले नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीलाई पनि जिम्मेवारीबाट हटाएको छ।
Facebook Comments


























