काठमाडौं, फागुन १९ । नेपाली बजारमा आज सुनको मुल्यमा केही सामान्य वृद्धि भएको छ। आज तोलामा रु ५ सयले वृद्धि भएको हो। हिजो (मंगलबार) प्रतितोला रु ८७ हजारमा कारोबार भएकोमा आज (बुधबार) रु ५ सय बढेर प्रतितोला रु ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो।
त्यस्तै तेजावी सुनको मुल्य भने प्रतितोला रु ८७ हजार ५० कायम भएको छ। यता चाँदीको मुल्य भने प्रतितोला रु १३५० कायम भएको महासङ्घले जनाएको छ।
Facebook Comments


























