फागुन १९ । अमेरिकाको टेक्सासमा अनिवार्य रुपमा मास्क लगाउनु पर्ने नियम हट्ने भएको छ। टेक्सासका गर्भनर ग्रेग एबटले आउँदो हप्तादेखि नयाँ नियम लागु हुने बताएका छन्। रिपब्लिकन गर्भनर ग्रेगले मंगलबार भने, ‘अब टेक्सासलाई शतप्रतिशत खुला गर्ने समय आएको छ।’
यस्तै व्यवसायहरुलाई पूर्ण क्षमतामा सञ्चालन अनुमति पनि दिइने भएको छ। अनिर्वाय रुपमा मास्क लगाउनु पर्ने नियम हटाउने टेक्सास अमेरिकाको सबैभन्दा ठूलो राज्य हो। गएको जुलाईमा सो नियम लागु भएको हो। एजेन्सी
Facebook Comments


























