काठमाडौं, फागुन १८ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रूपैयाँको ऋणपत्रको बोलकबोल गर्दैछ। बोलकबोल प्रक्रियामार्फत दिउँसो ३ बजे ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो। ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट नै निर्धारण गर्ने तय भएको छ।
ऋणपत्रको साँवा भुक्तानी २०८५ फागुन १९ गते हुनेछ। व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने र आर्जित व्याजमा व्याजदर लाग्नेछ। ऋणपत्र घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाई ५० हजारले भाग गर्दा निषेध भाग जाने अङ्कमा खरिद गर्न पाउने व्यवस्था गरिएको छ।
बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले ऋणपत्र खरिद गर्नसक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























