चितवन, फागुन १७ । माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा माडी –६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक वनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २ः४० बजे नीलगाईले आक्रमण गरेको थियो। रासस
Facebook Comments


























