काठमाडौं, फागुन १७ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईलाई न्युरो इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको छ। चिकित्सकले त्यहाँ क्यान्सर नभए पनि यो ट्युमरको छिटो शल्यक्रिया गर्न सुझाव दिएका छन्।
उपचारका लागि अहिले डा.भट्टराई भारतमा छन्। उनी भोलि काठमाडौं फर्किने कार्यक्रम रहेको छ। उनका सहयोगी विश्वद्विप पाण्डेका अनुसार चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेका हुन्।
‘चिकित्सकहरुले ट्युमर चाहिँ २÷३ महिनामा नै शल्यक्रियाबाट फाल्न सुझाव दिएका छन्,’ पाण्डेले बताए। डा.भट्टराई २२ फ्रेबुअरीमा उपचारका लागि दिल्ली पुगेका थिए।
Facebook Comments


























