काठमाडौं, फागुन १६ । नेपाल राष्ट्र बैंकले ८ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। बैंकले २८ दिन अवधिको लागि र ९१ दिन अवधिको लागि ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
२८ दिन अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको बैंकले जनाएको छ। उक्त ट्रेजरी बिल चैत्र १७ गते परिपक्क हुनेछ। साथै ९१ दिन अवधिको लागि ३ अर्ब १३ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ।
उक्त ट्रेजरी बिल २०७८ साल जेठ १८ गते परिपक्क हुने बैंकले जानकारी दिएको छ। यसको लागि सोमबार ३ बजे बोलकबोल भएर मंगलबार ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ।
Facebook Comments


























