फागुन १६ । कप्तान लियोनल मेस्सिको उत्कृष्ट प्रदरश्नमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई उसकै घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा कप्तान मेस्सी र ओसुमाने डेम्बेलेले एक एक गोल गरे।
खेलको २९औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १-० को अग्रता दिलाए। ८६ औँ मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई २-० को सहज जित दिलाए। जितसँगै बार्सिलोना २५ खेलमा ५३ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ। सेभिया ४८ अंकसहित चौंथो स्थानमा छ। एजेन्सी
Facebook Comments


























