काठमाडौं, फागुन १२ । प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्चले बदर गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका दुई अध्यक्ष काठमाडौं फिर्ता भएका छन्।
चितवनको कार्यक्रम छाडेर अध्यक्षद्वय काठमाडौं गएका हुन्। मंगलबार चितवन पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल भरतपुरमा आयोजित विरोध सभा छाडेर काठमाडौं फिर्ता भएका हुन्।
सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि आज चितवनको सभा स्थगित भएको छ। संसद विघटनबिरूद्ध भरतपुरमा आयोजित विरोध सभालाई बिजय जुलुसमा परिणत गर्न दुवै नेताले स्थानिय पार्टी कमिटीलाई निर्देशन दिएका छन्। आज मध्यान्ह काठमाडौंको शान्तिबाटिकामा आयोजित सभालाई दुवै नेताले सम्बोधन गर्दैछन्।
Facebook Comments


























