नवलपुर, फागुन ११ । पूर्वी नवलपरासीको कावासोतिस्थित एक विद्यालयको मुल गेट भत्किएर च्यापिँदा एक बालिकको मृत्यु भएको छ। विद्यालयको फलामको मुल गेट भत्किएर च्यापिँदा गेट वरपर खेलिरहेका विद्यार्थीहरु च्यापिएका थिए।
गेटले च्यापिएर सो विद्यालयमा कक्षा ३ मा अध्ययनरत बालिका ८ वर्षकी गमित्रा सिंजाली मगर (करुणा) को आज विहान पौने ११ बजेतिर घटनास्थलमा नै मृत्यु भएको विद्यालयका प्रधानअध्यापक लेखराज पोखरेलले बताए। मृतक बालिकाको परिवार स्थानीय बासिन्दा हुन्।
गेटले च्यापिएर अर्का विद्यार्थी कक्षा ४मा पढ्ने ९ वर्षका बालक विस्मत ढकाल घाइते भएका छन्। घाइते ढकालको अवस्था सामान्य रहेको विद्यालयले जनाएको छ।
गेटले पल्टिएर च्यापिएपछि विद्यालयका शिक्षकहरु दौडिएर गई गेट उठाएका थिए। गेट उठाउँदा बालिका सिंजालीको मृत्यु भइससकेको प्रत्यक्षदर्शीहरुले जानकारी दिए।


























