फागुन १० । घरेलु टिम न्युजिल्याण्डले पहिलो टी-ट्वान्टीमा अष्ट्रेलियालाई जितका लागि १ सय ८५ रनको लक्ष्य दिएको छ। क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८४ रन बनायो।
न्युजिल्याण्डका लागि डेभोन कोनवेले अर्धशतकीय इनिङ्स खेले। उनले अविजित रहदै ९९ रन बनाए। यस्तै ग्लेन फिलिप्सले ३० रन जोड्दा जेम्स निशमले २६ रन बनाए।
कप्तान केन विलियम्सनले १२ रनमा आउट भए। अष्ट्रेलियाका डेनील साम र जे रिचार्डसनले २र२ विकेट लिए। घरेलु टिमसँगको पाँच टी-ट्वान्टी सिरिजका लागि अष्ट्रेलिया न्युजिल्याण्ड भ्रमणमा रहेको छ। एजेन्सी
Facebook Comments


























