नेपालगंज, फागुन १० । बाँकेमा तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका २ बौद्ध टोल डेरा गरी बस्ने अर्घाखाँची पुडेनी गाउँपालिका ८ घर भएका भुट्टु मियाँको कोठामा तास खेलिरहेको अवस्थामा १ लाख ५० हजार १ सय ६५ रुपैयाँ र ६ गड्डी तास सहितअर्घाखाँची छत्रदेवी नगरपालिका १ बस्ने ३६ वर्षीय दन्दिर अली समेत ९ जनालाई आइतवार राति प्रहरीले पक्राउ गरेको छ।
तास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
Facebook Comments


























