चितवन, फागुन १० । चितवनका सन्तोष घलेले खुकुरी म्युजिक नेसनको उपाधी जितेका छन्। द नेपाल डिष्टिलरिज प्रालीले संगीतका पारखीहरुका लागि आयोजना गरेको खुकुरी म्युजिक नेसन प्रतियोगिता उपाधी घलेले हात पारेका हुन्। उनले ट्रफिसँगै ११ लाख रुपैयाँ पाए।
द नेपाल डिष्टिलरिजले नयाँ म्युजिक स्टार चयन गर्न भर्चुअल सांगीतिक प्रतियोगिता आयोजना गरेको थियो। खुकुरी म्युजिक नेसन प्रतियोगितामा सहभागी भएकामध्ये शीर्ष १६ प्रतियोगीहरुको नाम सार्वजनिक भएको थियो।
विभिन्न राउण्ड पार गर्दै बाँकेको प्याराडाइज ब्याण्ड, सिक्किमकी मोनिका राइ, अमेरिकामा बस्दै आएका सन्देश गुरुङ र भरतपुरका सन्तोष घले फाइनल राउण्डमा पुगेका थिए। आइतबार ४ फाइनलिस्ट मध्येबाट घलेले उपाधी जितेका हुन्।
Facebook Comments


























