फागुन १० । अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा शिवाकोटी अभिनित फिल्म ‘मनसँग मन’को छायांकन सकिएको छ। कालिञ्चोकको रमणीय स्थानमा फिल्मको गीत ‘सही दिउँला तिम्रो लागि’को छायांकनको काम सकिएसँगै फिल्मको फ्लोरको काम पुरा भएको हो।
गीतमा मुकेश उदासको शब्द, रोशन हिङ्गमाङ्ग र अस्मिता अधिकारीको स्वर तथा अर्जुन पोखरेलको संगीत छ। गीतमा सौरभ लामाको छायांकन र रामजी लामिछानेको कोरियोग्राफी छ।
कैलाश राई निर्देशित फिल्ममा अरुण तामाङको लगानी छ। अर्जुन जीसीको सम्पादन रहेको फिल्ममा सन्तोष खवासको द्वन्द्व छ। फिल्म चैत २७ गते रिलिज हुँदैछ।
Facebook Comments


























