मकवानपुर, फागुन ९ । मकवानपुरको राक्सिराङमा प्रहरी र स्थानीयबीच झडप भएको छ। गाँजा सहित पक्राउ गर्न राक्सिराङ गाउँपालिका–१ मा पुगेको प्रहरी टोली र गाउँलेबीच झडप भएको हो।
गाँजा बरामद गर्न गएको प्रहरी टोली र स्थानीयबीच हिजो (शनिबार) राती १० बजेतिर झडप भएको बताईन्छ। झडपका क्रममा दुईपटक हवाई फायर र तीनजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।
Facebook Comments


























