फागुन ९ । जर्मन बुन्डेसलिगा फुटबलमा साविक विजेता तथा शीर्ष स्थानको बायर्न म्युनिख पराजित भएको छ। शनिबार राति भएको खेलमा बायर्न फ्रान्कफर्टसँग २-१ गोल अन्तरले पराजित भएको हो।
घरेलु मैदानमा फ्रान्कफर्टलाई जित दिलाउन दाइची कामडा र अमिन यूनेसले एक एक गोल गरे। बायर्नका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए। खेलको १२ औं मिनेटमा कामडाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।
खेलको ३१ औं मिनेटमा अमिनले गोल गरेपछि पहिलो हाफमा बायर्नले २-० को अग्रता बनायो। त्यसपछि खेलको ५३ औं मिनेटमा लेवान्डोस्कीले एक गोल फर्काएपनि टिमलाई हारबाट जोगाउन सकेनन्।
यस हारसँगै बायर्नले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ। बायर्नले २२ खेलमा ४९ अंक जोडेको छ। बायर्न शीर्ष स्थानमा यथावत रहेको छ। फ्रान्कफर्ट ४२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ। एजेन्सी
Facebook Comments


























