फागुन ८ । पशुपंक्षीमा देखिने बर्डफ्लु पहिलो पटक मान्छेमा भेटिएको छ। रुसमा पहिलोपटक बर्डफ्लु मान्छेमा भेटिएको हो। रुसको एउटा पोल्ट्री फर्ममा काम गर्ने सात जना मान्छेमा बर्डफ्लु भाइरस भेटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रुसी अधिकारीका अनुसार मानिसमा समेत बर्डफ्लुको भाइरस भेटिएपछि उच्च सतर्कता अपनाइएको छ। अहिलेसम्म मानिसमा बर्डफ्लु भेटिएको थिएन। यसले भविष्यमा मानिसबाट मानिसमा बर्डफ्लु सर्ने सम्भावना रहेकाले चुनोति थपिएको रुसी वैज्ञानिकले बताएका छन्। एजेन्सी
Facebook Comments


























