काठमाडौँ, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतबाट स्वदेश फर्किएका छन्। स्वास्थ्य उपचारका लागि माघ ३० गते दिल्ली गएका खनाल शनिबार अपरान्ह काठमाडौं फर्किएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि नेता खनाल दिल्लीको एपोलो अस्पतालमा उपचार गराउन गएका हुन् । एक साता लामो उपचारपछि उनी स्वदेश फर्किएका हुन्।
स्वास्थ्य परीक्षण रिपोर्टअनुसार अहिले उनको स्वास्थ्य अवस्था राम्रो रहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
Facebook Comments


























