काठमाडौं, फागुन ७ । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट ७ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार ३८ खेलाडीबाट ७ खेलाडी बाहिरिएको जनाएको छ।
राष्ट्रिय टिमको कार्यवाहक प्रशिक्षक बाल गोपाल महर्जनले पोखराको प्रशिक्षणपछि ३८ खेलाडीबाट घटाएर ३१ खेलाडी छनोट गरेका हुन्। बन्द प्रशिक्षणबाट बाहिरिनेमा अर्पण कार्की, सेसेहाङ लिम्बु, सरोज दाहाल, देवेन्द्र तामाङ, दिलेन लोक्ताम, विशाल तामाङ र सुवास गुरुङ रहेका छन्।
फिफा विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि एन्फाले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ५८ खेलाडीलाई बोलाएको थियो।कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब तीन होम खेल खेल्न बाँकी रहेको छ। नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताइपेसँग खेल्न बाँकी रहेको छ।
Facebook Comments


























