फागुन ६ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौंको जग्गा विक्रीका लागि बोलपत्र आह्वान गरेको छ। बैंकले काठमाडैँको पानीपोखरी र अनामनगरको १ अर्ब रुपैयाँ मूल्य बरारबरको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो।
बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ। बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको ३ रोपनी र काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको २ रोपनी, ६ आना बराबरको जग्गा बिक्री गर्न लागेको हो।
बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो। इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ। आएका बोलपत्रहरुले फागुन २१ गते बैंकको कमलादी स्थिति कार्यालयमा दिउँसो २ बजे खोलिने बैंकले जनाएको छ।