काठमाडौँ, फागुन ६ । सरकारले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। चिनियाँ कम्पनी सिनोफार्म कम्पनीले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले बुधबार अनुमति दिएको हो।
बेइजिङ इन्स्टिच्युट बायोलिजकलबाट उत्पादन भइरहेको यो खोपको चीनमा पनि आपतकालीन प्रयोगको अनुमति दिइएको छ। नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ भारतबाट ल्याएर खोप अभियान शुरू गरिएको छ।
Facebook Comments


























