काठमाडौं, फागुन ५ । नेपाल स्टक एक्सचेन्ज (नेप्स) आज ९.९४ अंकले बढेर २६११.४५ बिन्दुमा पुगेको छ। अघिल्लो दिनभन्दा ९.९४ अङ्क अर्थात् ०.३८ प्रतिशत परिवर्तन भएर नेप्से इन्डेक्स २६११.४५ अङ्कमा आज बजार बन्द भएको हो।
आजको कारोबार समयमा नेप्से इन्डेक्स बढीमा २६२४.४३७ र कममा २५९४.३७२३ पुगेको थियो। आज ७६६३० कारोबारमा १७६८८२७१ कित्ता सेयरको किनबेच भई ८०३५५१०८४३.६६ रुपैयाँ बराबरको कारोबार भएर बजार बन्द भएको छ। नेप्सेमा सूचिकृत कूल २०३ कम्पनीको सेयर किनबेच भएको हो।
आज पनि नेपाल इन्फ्राष्टक्चर बैंक (निफ्रा) का लगानीकर्ताले सर्वाधिक कमाए। नेप्सेमा सूचीकृत भएर कारोबारमा आएको दिनदेखी नै निफ्राको सेयरमा ‘पोजेटिभ सर्किट’ लागेको थियो। आज सर्वाधिक ९.९६ प्रतिशतले बृद्धि भएर निफ्राको सेयर मूल्य प्रतिकित्ता ४९७ रुपैंया पुगेको छ।
आज सबैभन्दा बढी पनि निफ्राकै सेयर कारोबार भएको छ। यस बैंकको ६९ करोड ४३ लाखमाथिको कारोबार भएको छ। यसपछि नविल बैंक र ग्लोबल आइएमई बैंकको सेयर कारोबार पनि सर्वाधिक किनबेच भएको छ। यस्तै आज, सबैभन्दा धेरै सनराइज फस्ट म्युचअल फण्डका लगानीकर्ताले गुमाए।


























