धनगढी, फागुन २ । कैलालीमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका(५ स्थित अन्डैयामा पाटे बाघको आक्रमणबाट २५ वर्षीया कला धामीको मृत्यु भएको हो।
डिभिजन वन कार्यालय कैलालीका प्रमुख रामचन्द्र कँडेलले उनको मृत्यु भएको पुष्टि गरे। पुष्पाञ्जली सामुदायिक वनमा स्याउला लिन गएकी धामीलाई बाघले आक्रमण गरेको हो। हिजो मात्रै पाटे बाघ राजमार्ग क्षेत्रमा देखिएको थियो। वनकर्मीका अनुसार भारतको दुधुवा नेशनल पार्कबाट बाघ कैलाली भित्रिएको हो।
Facebook Comments


























