काठमाडौं, फागुन २ । आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ। माघ ३० गते प्रतिकित्ता ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज फागुन २ गते सोमबार भने प्रतितोला एक सय रुपैयाँ घटेर ९० हजार ८०० रुपैयाँमा कारोबार हुने भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोही परिमाणको तेजावी सुनको मूल्य आज ९० हजार ३०० रुपैयाँ रहेको छ।
यता, चाँदीको भाउ भने बढेको छ। यसअघि एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज भने प्रतितोला एक हजार ३३५ रुपैयाँ पर्ने महासंघले जनाएको छ।
Facebook Comments


























