काठमाडौं, फागुन १ । काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भेटिएको हो।
बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको छ। गत महिना पनि यहाँ हाँसमा बर्डफ्लुको संक्रमण देखिएको थियो। बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ। अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको छ।
Facebook Comments


























