माघ ३० । बेलायती टेलिभिजन च्यालन बीबीसी वर्ल्ड न्युजमाथि चीनले प्रतिबन्ध लगाएको छ। चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन नियामकले शुक्रबार बीबीसीमाथि प्रतिबन्ध लगाइएको बताएको हो। एक साताअघि बीबीसीले चिनियाँ सरकारी मिडिया सीजीटीएनको आलोचना गरेको थियो।
शुक्रबार जारी गरिएको एक विज्ञप्तिमा बीबीसीले प्रसारण गरेको समाचारमा ‘गम्भीर रुपमा नियमको उल्लंघन’ गरेको उल्लेख छ। चीनले समाचारमा प्रकाशित विवरणहरु साँचो र स्वच्छ हुनुपर्ने बताएको छ। बीबीसीमा प्रसारित सामग्रीले चीनको राष्ट्रिय स्वार्थ र राष्ट्रिय एकतामा आँच आउने काम गरेको चीनको दाबी छ।
यद्यपि अहिले पनि चीनका केही होटल र आवास क्षेत्रमा भने अझै पनि बीबीसी च्यानल सञ्चालन भइरहेको छ। बीबीसीले एक विज्ञप्ति जारी गर्दै चीनको निर्णय दुखद् भएको बताएको छ।
बीबीसीले आफ्नो च्यानलमा प्रसारण गरिएका सामग्रीहरु स्वच्छ हुने गरेको दाबी गरेको छ। अमेरिकी विदेशमन्त्रालयले पनि चीनको यो निर्णयको विरोध गरेको छ। अमेरिकाले चीनको यो कदमले समस्या बढाउन सक्ने चेतावनी दिएको छ। एजेन्सी



















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)






