काठमाडौं, माघ २८ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा सुमन शर्मा नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बुधबार सम्पन्न बैठकले उनलाई नियुक्त गरिएको हो।
यसअघि शर्मा माछापुच्छ्रे बैंकको सिइओ थिए। उनले माछापुच्छ्रे बैंकबाट २०७६ फागुनमा राजीनामा दिएका थिए। माछापुच्छ्रेमा सिइओ हुनुअघि शर्मा ग्लोबल आइएमइ बैंकमा थिए। त्यसअघि पनि शर्मा माछापुच्छ्रे बैंककै नायव प्रमुख कार्यकारी अधिकृत थिए। शर्माले बैंकिङ क्षेत्रमा करिब २३ वर्षको अनुभव छ। उनले सन् १९९७ मा नेपाल एसबिआइ बैंकमा अधिकृतस्तरबाट बैंकिङ करियर सुरु गरेका थिए।
Facebook Comments


























