काठमाडौं, माघ २८ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। मंगलबार प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि तोलाको ९० हजार ९०० रुपैयाँमा नै कारोबार भइरहेको सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ।
आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ रहेको छ। यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ। मंगलबार प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments


























