माघ २८ । इन्टरमिलानसँग गोलरहित बराबरी खेले पनि युभेन्ट्स कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ। सेमिफाइनलको दोस्रो लेगमा चिरपरिचित प्रतिद्वन्द्वी इन्टर मिलानसँग बराबरीमा रोकिए पनि युभेन्ट्स फाइनलमा पुगेको हो।
पहिलो लेगमा निकालेको जितले युभेन्ट्स फाइनल पुग्न सफल भएको हो। इन्टरको मैदानमा पहिलो लेगमा युभेन्ट्सले २-१ को जित निकालेको थियो।यभेन्ट्सले अब उपाधिको लागि नापोली र एटलान्टाबीचको विजेतासँग खेल्नेछ। दुई टोलिबीचको दोस्रो लेग बुधबार राति हुनेछ। एजेन्सी
Facebook Comments


























