काठमाडौं, माघ २६ । शेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ। साताको दोस्रो दिन सोमबार परिसूचक ३७.४८ अंकले बढेर २ हजार ५ सय ६१ दशमलव ४७ अंकमा पुगेको हो। आज पनि बजारमा १० अर्ब भन्दा माथिको कारोबार भएको छ।
यो दिन बजारमा १ करोड ९३ लाख कित्ता शेयर कारोबार हुँदा कुल कारोबार रकम १० अर्ब नाघेको हो। आइतबार बजार १० अर्ब १७ करोड रुपैयाँ बरारबरको छ। आइतबार एकै दिन १ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सोमबार भने बैंकिङ र विकास बैंक परिसूचक सबैभन्दा धेरै बढेको छ। यी दुवै उपसूचकहरुमा ३ प्रतिशत भन्दा धेरैको वृद्धि देखिएको नेप्सेले जनाएको छ। व्यापारमूलक, जलविद्युत् निर्जीवन बीमा, उत्पादनमूलक र माइक्रोफाइनान्स समूह भने आज घटेको छ।
बजारमा आज १ सय ७४ कम्पनीमध्ये ७५ कम्पनीको मूल्य बढेको छ। ९३ कम्पनीको मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन। यो दिन प्रभु बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्था गरी २ वटा कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ। हिमालयन उर्जा हाइड्रोपावर र उन्नति सहकार्य लघुवित्तको कारोबार भने सबैभन्दा बढी ६ प्रतिशत भन्दा धेरैले घटेको छ।


























