चितवन, माघ २६ । रत्ननगर नगरपालिका- १२ मा रहेको घेघौली टोल विकास संस्थाको १७औं साधारणसभा तथा ८औं अधिवेशन सम्पन्न भएको छ।
टोल विकास संस्थाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं.१२ का अध्यक्ष बिर बहादुर पाख्रीन प्रमुख अतिथी र छिमेकी टोल विकास संस्थाका अध्यक्षहरु राजेन्द्र न्यौंपाने, गोपी प्रसाद अधिकारी, गोविन्द गौतम विशिष्ट अतिथी रहेका थिए। प्रमुख अतिथी पाख्रीनले अधिवेशनको उद्धघाटन गर्दै टोलको समग्र विकासमा सधै आफ्नो साथ रहने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा संस्थाका अध्यक्ष अधिकारीले टोलको प्रगगि प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सीता भूजेलले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन्। कार्यक्रम सञ्चालन संस्थाका सचिव मेधनाथ सुवेदीले गरेका थिए।
साथै, संस्थाको ८ औं अधिवेशनबाट मेघनाथ सुवेदी ‘विवेक’ को अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ। उपाध्यक्ष शिवराज अधिकारी, सचिव सीता भूजेल, कोषाध्यक्ष लक्ष्मी पुरी र सदस्यहरुमा कोपिला भण्डारी, बालकुमारी अधिकारी, इन्दिरा शर्मा र रमा ढुङ्गाना रहेकाछन्। निर्वाचन कमिटिका संयोजक राजेन्द्र न्यौंपाने र निवर्तमान अध्यक्ष कृष्ण प्रसाद अधिकारीले नयाँ कार्यसमितिहरुलाई सफलताको शुभकामना दिएका थिए।



























