माघ २६ । साउथ सुपरस्टार प्रभास विवाह गर्दै छन्। हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ।
भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन्। टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन्।
यो एक मागी विवाह हुनेछ। यसका लागि दुवैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ। प्रभासले यो सम्बन्धका लागि हरियो झण्डा पनि देखाएको खबरमा उल्लेख छ। यससँगै साउथ सुपरस्टारको विवाहको तयारीका लागि परिवार लागीपरेको पनि बताइन्छ। एजेन्सी
Facebook Comments


























