माघ २६ । एसी मिलान इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा पुगेको छ। आइतबार राति भएको खेलमा क्रोटोनलाई ४-० गोल अन्तरले पराजित गर्दै मिलान शीर्ष स्थानमा पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा मिलानलाई जित दिलाउन ज्लाटन इब्राहिमोभिच र एन्टी रेबिकले दुईदुई गोल गरे। जितसंगै मिलानले २१ खेलमा ४९ अंक जोडेको छ। मिलानले इन्टर मिलानलाई २ अंकले पछि पारेको छ। इन्टरले ४७ अंक रहेको छ। क्रोटोन १२ अंक जोडेर पुछारमा रहेको छ। एजेन्सी
Facebook Comments


























