माघ २६ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक बिजेता लिभरपुलले लज्जास्पद हार व्यहोरेको छ। आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको छ।
लिभरपुलको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुण्डोगानले दुई गोल गरे। रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक एक गोल गरे। लिभरपुलका मोहमद सलाहले एक गोल फर्काए। जितसंगै सिटीले २२ खेलमा ५० अंक जोडेको छ। शीर्ष स्थानको सिटीले उपाधि होड समेत बलियो बनाएको छ।
उसले म्यानचेस्टर युनाईटेडविरुद्ध ५ अंकको अग्रतासमेत बनाएको छ। लिभरपुलले भने २३ खेलमा ४० अंक जोडेको छ। चौथो स्थानको लिभरपुल सिटी भन्दा १० अंकले पछि रहेको छ। एजेन्सी
Facebook Comments

























