काठमाडौं, माघ २४ । राष्ट्रिय महिला लिग फुटबल अन्तर्गत दोस्रो चरणको खेलहरु आजबाट सुरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार हुने दोस्रो चरणको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका भिड्ने छन्।
चौदण्डीविरुद्ध मैदान उत्रदा आर्मी सहज जितको खोजीमा हुनेछ। आर्मी सहज जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ। दोस्रो स्थानको आर्मीले ६ खेलमा १३ अंक जोडेको छ। जित विहिन रहेको चौदण्डी पुछारमा रहेको छ। जारी महिला लिगको पहिलो चरणसम्म साविक विजेता एपीएफ अपराजित रहेको छ। एपीएफ ६ खेलमा ६ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ।
यस्तै विराटनगर महानगरपालिका १० अंक जोडेर तेस्रो स्थानमा रहदा ८ अंक जोडेको नेपाल पुलिस चौंथो स्थानमा रहेको छ। वालिङ नगरपालिका ८ अंक जोडेर पाँचौ र ३ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ।
Facebook Comments


























