काठमाडौँ, माघ २४ । नेपाल विद्युत प्राधिकरणले आज पनि मुलुकका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ। देशका विभिन्न स्थानमा मर्मतसम्भार गर्नु पर्ने भएकाले विद्युत कटौती गर्न लागिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार प्रदेश ५ र प्रदेश १ का तीनतीन वटा फिडरमा आज विद्युत कटौती हुनेछ। प्रदेश ५ को नेपालगञ्ज वितरण केन्द्रमा दिउँसो साढे १२ बजे देखि साढे ४ बजे सम्म सटडाउन हुनेछ। यसक्रममा न्यूरोड, गनेशपुर, धम्बोझी, सानीमा बैंक, पिपल चौतारालगायतका स्थानमा विद्युत कटौती हुनेछ।
यस्तै नेपालगञ्जकै एयरपोर्ट फीडरमा ११ बजेदेखि साढे १२ बजेसम्म विद्युत सटडाउन हुँदा सुर्खेत रोडको पश्चिमी क्षेत्रलगायत अन्य स्थानमा पनि बत्ती जानेछ। प्रदेश १ को धरान वितरण केन्द्रको धरान फिडरमा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत हुने छैन। जसबाट धरान वडा नम्बर १, ४, ८, ९, १०, १३, १३, १४ र १६ मा बत्ती जानेछ।


























