माघ २२ । कोरोना भाईरसको संक्रमणको कारण इरानका पूर्व फुटबलर अली अन्सारियनको निधन भएको छ। तेहरानको एक अस्पतालमा पूर्व डिफेन्डर अलीको ४३ वर्षको उमेरमा निधन भएको हो।
कोरोनाको संक्रमण भएपछि उनि अस्पताल भर्ना भएका थिए। उनले इरानको राष्ट्रिय टिमबाट सन् १९९८ देखि २००७ सम्म खेलेका थिए। फाजिर सेपासीबाट सन् १९९६ मा फुटबल करियर सुरु गरेका अली दुई वर्षपछि पेर्सेपोलिसमा आबद्द भएका थिए। गत साता मात्रै इरानकै पूर्व खेलाडी तथा प्रशिक्षक मेहर्दाद मिनाभन्डको कोरोनाको कारण निधन भएको थियो। सन् १९९८ को फिफा विश्वकपमा उनी इरानी टिममा रहेका थिए।
Facebook Comments


























