मोरङ, माघ २२ । प्रहरीले मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद गरेको छ। उर्लाबारी नगरपालिका–११, लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको बारीमा माटोमुनि गाडेको अवस्थामा ७.६२ एमएमको गोली फेला पारिएको मोरङ प्रहरीले जनाएको छ।
बरामद गोलीबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए।
Facebook Comments


























