चितवन, माघ २२ । नेकपाको प्रचण्ड-माधव पक्षले गरेको आम हडतालका कारण रत्ननगरको टाँडी बजार ठप्प भएको छ। बजार बन्द गराउनका लागि प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरु बिहीबार बिहानैदेखि सडकमा उत्रिएका छन्।
चोक चोकमा बसेका नेकपा कार्यकर्ताहरुले सडकमा सवारी साधन चल्न दिएका छैनन। बजारका पसलहरु पूरै बन्द छन्। रत्ननगरको टाँडी चोकमा नेकपाका नेता तथा कार्यकर्ताहरु भेला भइ प्रदर्शन गरिरहेका छन्।



Facebook Comments


























