माघ २२ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सोमपाल कामी आबद्द मराठा अरेबियन्सले आबुधाबी टी-१० लिगमा चौंथो हार व्यहोरेको छ। बुधबार राति भएको खेलमा मराठा टिम आबुधाबीसँग ९ विकेटले पराजित भएको हो।
मराठाले दिएको ९८ रनको लक्ष्य आबुधाबीले ८ ओभर ३ बलमा १ विकेट गुमाएर पुरा गर्यो। आबुधाबीको जितमा क्रिस गेलले अविजित ८४ रन बनाए। पाउल स्ट्रर्लिङले १५ रन जोडे। मराठाका मोसडेक होसेनले १ विकेट लिए। सोमपालले १ ओभर बलिङ गर्दै २७ रन खर्चिए।
यस अघि पहिले ब्याटिङ गरेको मराठाले १० ओभरमा ४ विकेट गुमाएर ९७ रन बनाएको थियो। मराठाका लागि अलिशन सराफुले ३३ रन जोड्दा मोहमद हाफिजले २० रन बनाए। आबुधाबीका ओबेड म्याकोएले २ विकेट लिए। जितसँगै आबुधाबीले ३ खेलमा २ अंक जोडेको छ। मराठाले पनि ३ खेलमा २ अंक जोडेको छ। एजेन्सी
Facebook Comments


























