काठमाडौं, माघ १८ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले अन्तर्राष्ट्रिय मोटरसाइकल फेडेरेसन (एफआईएम) बाट सोलिडारिटी ट्रफी प्राप्त गरेको छ। नासाले आइतबार एक विज्ञप्ति निकाल्दै एफआईएमको सोलिडारिटी ट्रफी प्राप्त गरेको जनाएको छ।
‘नेपाल जस्ता प्रारम्भिक चरणमै रहेको संघले विश्वव्यापी अवार्ड प्राप्त गर्नु नेपाली अटोमोवाइल्स क्षेत्र र राइडर्सको लागि मात्र नभई सिङ्गो खेलकुद र नेपालकै लागि खुसीको कुरा हो,’ संघले विज्ञप्तिमा जनाएको छ। एफआईएमको साधारण सभाले नेपालसहित १५ राष्ट्रको संघलाई सोलिडारिटी ट्रफी प्रदान गरेको हो।
कोभिड-९ को कारण भौतिक र भर्चुअल दुवै माध्यमबाट सम्पन्न सो साधारण सभामा नेपालको तर्फबाट राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य गोविन्द भट्टराई, नासा नेपालका सचिव (मोटरसाइक्लिङ्ग) सन्तोष न्यौपाने र सदस्य दिप्रस शाक्यले सो साधारणसभामा सहभागी जनाएका थिए।


























