माघ १८ । दक्षिण एसियाली मुलुक पाकिस्तानले चीनसँग कोरोना भाइरसविरुद्धको खोप लिने भएको छ। पाकिस्तानले आइतबार खोपको पहिलो खेप लिन चीनतर्फ एक विशेष विमान पठाउन लागेको बताएको छ। पहिलो खेपमा पाँच लाख डोज खोप चीनले दिन लागेको हो।
चीनले केही समयअघि नै पाकिस्तानलाई कोरोनाविरुद्धको खोप दिने प्रतिबद्धता जनाएको थियो। पाकिस्तानमा हालसम्म करिब साढे पाँच लाख संक्रमित छन्। मृत्यु हुनेको संख्या साढे ११ हजार नाघेको छ। ‘भ्याक्सिन डिप्लोमेसी’ मा आफूलाई अब्बल साबित गर्दै आएको भारतले निकटतम छिमेकी पाकिस्तानलाई किन खोप दिएन भन्नेबारे राजनीतिक वृत्तमा प्रश्न उठिरहेको छ।
यसबारे भारतले मानवीयताको नाताले पनि पाकिस्तानलाई खोप उपलब्ध गराउनु पर्ने कतिपयको मत छ। पाकिस्तान स्वयम्ले भने भारतमा बनेको खोपबारे केही बोलेको छैन। एजेन्सी
Facebook Comments


























