सदूरपश्चिम, माघ १८ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको पहलमानपुर सडकखण्डमा शनिबार राति ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्याक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नंको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो।
कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रतीक विष्टले बताए। दुर्घटनामा घाइते दुवैको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको छ। रासस
Facebook Comments


























